सङ्घीयताको रक्षा गर्न सबै दल एकजुट हुनु पर्छः कोइराला

२३ मंसिर २०७६, सोमबार १६:३०

मोरङ , नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले पार्टीले सरकारसँग सहमतिबाटै अगाडि बढ्न चाहेकोमा जोड दिनु भयो । महामन्त्री कोइरालाले संविधान र सङ्घीयताको रक्षा गर्न सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले आफू धर्म निरपेक्ष तथा सापेक्षभन्दा पनि धर्म स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा अडिग रहेको प्रस्ट पार्नु भयो ।