रोकी राखेको टिपरमा स्कुटर ठोकिदा दुई जनाको ज्यान गयो

२० मंसिर २०७६, शुक्रबार १०:३७

काठमाडौं , बिहीबार राति ललितपुरको कुसुन्तीमा रोकी राखेको टिपरमा स्कुटर ठोकिदा स्कुटरमा सवार दुबै जनाको ज्यान गएको छ। ज्यान जानेमा स्कुटर चालक मुगु घर भएका अन्दाजी २५ वर्षिय पावल साउद र पछाडी सवार ललितपुरको ग्वार्को बस्दै आएकी झापाकी १६ वर्षिया प्रतिमा केसी रहेका छन्। गम्भीर घाइते भएका दुबै जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो।
महानगरीय प्रहरी वृत सातदोबाटोका अनुसार यातायात व्यवस्था कार्यालय अगाडी विग्रिएर पार्किङ गरी राखेको ना ८ ख २८२६ नम्बरको टिपरमा बा ८७ प २२८५ नम्बरको स्कुटर ठोकिन पुगेको बताइएको छ।