राजपा नेपालले सरकारमा जान धोती उचाल्योः समाजवादी पार्टीको आरोप

१६ मंसिर २०७६, सोमबार १२:४३

काठमाडौं , राजपा नेपालका केन्दीय बरिष्ठ उपाध्यक्ष राज कुमार थापाले संविधान संशोधन नभए सम्म सरकारमा नजाने ठोकुवा गर्नु भएको छ भने समाजवादी पार्टीका सहायक प्रबक्ता राम प्रसाद रिजालले राजपा नेपाल सरकारमा जान दौरा सुरुवाल , धोती र पाइजामा सिलाएर बसेको गंम्भिर आरोप राजपा नेपाललाई लगाउनु भएको छ
आयो टिभीको आयो संवादमा बोल्दै उक्त कुरा बताउनु भएको हो । नेता रिजालले समाजवादी पार्टी संविधान संशोधनका लागी दवाव दिन सरकारमा सहभागी भएको बताउदै सरकारले संविधान संशोधन नगरे सरकार छाडने चेतावनी समेत दिनु भयो । नेता रिजालले सीमा समस्या दुवै देश बीचको बार्ता र कूटनीतिक ढंगबाट समस्या समाधान गर्नु पर्ने बताउनु भयो । राजपाका बरिष्ठ उपाध्यक्ष राजकुमार थापाले सीमा समस्या छिटो समाधान गर्नु पर्ने कुरामा जोड दिनु भयो । ( बिस्तृत भिडियोमा)