मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गयो

२३ मंसिर २०७६, सोमबार १०:२८

कैलाली , मोटरसाइकलको ठक्करबाट धनगढी उपमहानगरपालिका–२ बैयाबेहेडीमा एक महिलाको ज्यान गएको छ। से ६ प २३११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५५ वर्षीया शान्तादेवी जोशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार सोमबार बिहान गम्भीर घाइते भएकी जोशीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको बताइएको छ। मोटरसाइकल र मोटरसाइकल चालक धनगढी २ का २१ वर्षीय गोविन्द सुनार अहिले प्रहरी नियन्त्रणमा रहेको बस्नेतले बताउनुभयो ।