मुलुकमा अपराध र दण्डहिनता बढ्योः अनुपराज शर्मा

२४ मंसिर २०७६, मंगलवार १५:३४

काठमाडौं , राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा अपराध र दण्डहिनता बढेको बताउनु भएको छ । ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले उक्त कुरा बताउनु भएको हो ।

जनताले चुनेका प्रनितिधिहरु सत्तामा भएपनि निष्कृय रहनु दुःखद भएको उहाँले बताउनु भयो । मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयागको संशोधित विधेयक ल्याउँदा सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरेकोमा उहाँले असन्तुष्टि ब्यक्त गर्नु भयो ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरि निकालिएको थियो । भद्रकालीबाट निकालिएको प्रभारतफेरि सुन्धारा, वीर अस्पताल हुँदै शान्तिबाटिकामा पुगेर सकिएको थियो ।