भीरबाट लडेर कार्की मृत अवस्थामा पेला

१७ मंसिर २०७६, मंगलवार १०:२८

धनकुटा , जिल्लाको महालक्ष्मी नगरपालिका ६ मुंगालीगाउँ बस्ने ५२ वर्षीय लाल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको छ। आइतबार राति साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार बेलुकासम्म घर फर्किएर नआएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा मंगलबार बिहान छुम्लिङ भिर मुनी मृत अवस्थामा पेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुदर्शन प्रसाद कोइरालाका अनुसार उक्त घटनाबारे जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी चौकी लेगुवा र जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ।