भक्तपुर १ (क) मा कांग्रेसका भँडेल विजयी

१५ मंसिर २०७६, आईतवार १२:२१

भक्तपुर, भक्तपुर क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्यका लागि भएको उपचुनावमा नेपाली कांग्रेस विजयी भएको छ । उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेमकिपालाई पछाडि पार्दै कांग्रेसका उम्मेदवार कृष्णलाल भडेँलले १३ हजार ४४९ मत ल्याएर विजयी हुनुभएको हो ।

निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार डिपि ढकालले ११ हजार २०६ मत प्राप्त गर्नु भएको छ भने नेमकिपाका उम्मेदवार निरज लवजूले ५ हजार ८२९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरेका छन् ।