बलात्कृत महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास

२० मंसिर २०७६, शुक्रबार १०:२६

काठमाडौं , भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ ।उनले शरीरको धेरै भाग जलेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ । गत मार्चमा आफू बलात्कृत भएको भन्दै उनले स्थानीय दुईजना पुरुषविरुद्ध जाहेरी दिएकी थिइन् ।

अदालतमा उक्त मुद्दाको सुनुवाइका लागि ती महिला जाँदै गर्दा बाटोमा पर्ने ट्रेन स्टेसनमा पुरुषहरुले एक समूहले तानेर नजिकैको खेतमा पुर्याइ आगो लगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि बलात्कार गरेको आरोपमा दुईजनासँगै अरु तीनजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । यो समाचार नागरिक दैनिकमाछ ।