पर्साका दुई घरमा आगलागी हुँदा लाखौैंको क्षति

८ पुष २०७६, मंगलवार १३:१२

पर्सा , पर्साको छिपहरमाई र कालिकामाई गाउँपालिकाको दुई ठाउँमा मंगलबार बिहान आगलागी भएको छ । आगलागी हुँदा लाखौैंको क्षति भएको छ। छिपहरमाई–१, भिर्जापुरका चनजित महतो कोइरी र कालिकामाई–३ हरिहरपुर बिर्ताका राधेश्याम गोढको घरमा बिहान आगलागी भएको इलाका प्रहरी कार्यालय पोखरियाका विनोद रानाले जानकारी दिए।

कोइरी र गोढको घरमा आगलागी हुँदा धान चामल र केही मोटरसाइकल जलेर नष्ट भएको छ। दुवै ठाउँको आगलागीमा झण्डै दश लाख रुपैयाँको क्षति भएको अनुमान छ। हरिहरपुर बिर्ताका गोढको घरमा खाना पकाउने चुलोबाट बिहान आगलागी भएको र कोइरीको घरमा आगलागी हुनको कारण खुल्न सकेको छैन। कोइरीको घरको आगलागी हुँदा ना ६२ प ६२५३ नम्बरको मोटरसाइकल र बीआर २२ के ९५३२ भारतीय नम्बरको मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ। आगोलाई दमकल, स्थानीयवासी र सुरक्षाकर्मीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।