न्यूजिल्यान्डमा ज्वालामुखी विष्फोटः पाँच जनाको ज्यान गयो

२३ मंसिर २०७६, सोमबार १६:४२

न्यूजिल्यान्ड , उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको ज्यान गएको छ ।विस्फोटमा अन्य केही सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २३ जनालाई उद्वार गरिएको छ । ज्यान जानेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अहिले उक्त स्थानमा उद्वार गर्न निकै जोखिमपूर्ण मानिएको छ । उद्वारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ । उद्वारकर्मीहरूका अनुसार घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।