निजगढ विमानस्थलः रुख नकाट्न अन्तरिम आदेश

७ पुष २०७६, सोमबार १०:३६

काठमाडौं, सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउन रूख काट्ने प्रक्रिया तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले विमानस्थल बनाउने क्रममा तत्कालका लागि रुख काट्ने प्रक्रिया रोक्न आइतबार अन्तरिम आदेश जारी गरेको हो।

यसअघि सर्वोच्चले मंसिर २० मा विमानस्थल निर्माणमा रूख काट्ने योजना यथास्थितिमा राख्न आदेश गर्दै सरकार र रिट निवेदक पक्षलाई छलफलमा बोलाएको थियो।

त्यति बेला न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले सरकारलाई रूख काट्नुको कारण माग्दै तत्काल निर्णय यथास्थितिमा राख्न आदेश गरेको थियो। सर्वोच्चले आइतबार यसअघिको एकल इजलासले गरेको आदेशलाई निरन्तरता दिँदै अन्तरिम आदेश जारी गरेको हो। आजको नागरिक दैनिकबाट