नाडाको पदाधिकारी चयन

१५ पुष २०७६, मंगलवार १५:३२

काठमाडौं , नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका पदाधिकारीहरु चयन भएका छन् ।

नाडाको सोमबार बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले पदाधिकारी चयन गरेको हो ।विधानअनुसार नवनिर्वाचत नयाँ कार्यसमितिले सदस्यबाट दुई उपाध्यक्ष, संस्थागत तर्फबाट दुई उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्ष चयन गरेको हो । बैठकले निर्वाचित सदस्य मध्येबाट करण चौधरी र आकाश गोल्छालाई उपाध्यक्ष बनाएको हो । संस्थागत तर्फबाट सुवास आचार्य र नवराज ढकाल उपाध्यक्ष भएका छन् ।

यस्तै महासचिवमा सुनील रिजाल, सचिवमा अनुपकुमार बराल, कोषध्यक्षमा सुरेन्द्रकुमार उप्रेती र सहकोषाध्यक्षमा विक्रम सिंघानिया चयन भएका छन् । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहालले नयाँ अध्यक्ष कृष्णप्रसाद दुलाललाई कार्यभार हस्तान्तरण गरे ।