दश किलो चरेससहित २ जना पक्राउ

२७ मंसिर २०७६, शुक्रबार १२:५५

मकवानपुर , शुक्रबार दश किलो चरेससहित २ जना पक्राउ परेका छन् । बाराको पचरौटा नगरपालिका ७ का अरबिन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका १ का सुत्लान मिया अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी भैँसेबाट खटिएको टोलीले उनीहरूलाई भीमफेदी गाउँपालिका २ बाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बा ४० प ७२४० नम्बरको मोटरसाइकलमा चढेका उनीहरूबाट १० किलो २ सय ५० ग्राम चरेस बरामद गरिएको हो। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।