टोखामा विद्यालय स्तरीय जुनियर फुटसल प्रतियोगिता हुने

२० मंसिर २०७६, शुक्रबार १९:५१

काठमाडौं , टोखामा विद्यालय स्तरीय जुनियर फुटसलको आयोजना यही मिति २०७६ मंसिर २१ गते एडु समिट स्कुल , धनेश्वरमा हुने भएको छ । निजी विद्यालयहस्को छाता संस्था नेसनल प्याबसन र एडु समिट स्कुलको संयुक्त आयोजनामा हुन लागेको यस प्रतियोगितामा २० वटा विद्यालयले सहभागिता जनाउन लागेको आयोजक विद्यालयका प्रिन्सिपल विनोद बरालले बताउनु भयो।

लिग र नक आउट दुबै मोडालिटीमा चल्ने यस प्रतियोगितामा नगर प्रमुख प्रकाश अधिकारी प्रमुख अथितिको रुपमा रहने पनि प्रिन्सिपल बरालले जानकारी दिनु भयो । यसै प्रसङ्गमा नेसनल प्याबसन टोखाका अध्यक्ष मोदराज पाण्डेले यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा अनुशासन, शारीरिक तन्दुरुस्ती र टिम भावनाको विकास हुने कुरा बताउनु भयो । यसको साथै उहाँले नेसनल प्याबसन टोखाको तर्फबाट शैक्षिक विकासको लागि कुनै कसर बाँकी नराख्ने र सबैलाई समेटेर टोखा नगरीलाई शैक्षिक केन्द्र बिन्दुको रुपमा बिकसित गर्दै लैजाने कुरा पनि स्पष्ट पार्नु भयो ।