कारको ठक्करबाट एक जनाको ज्यान गयो

२७ मंसिर २०७६, शुक्रबार ११:०३

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् । काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले गए राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत बडेरामा उनलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा गए राति नै ज्यान गएको हो। कार र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।