एनआईबीएलको साधारण सभा पुस २८ गते

८ पुष २०७६, मंगलवार १०:३६

काठमाडौं , नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १९ प्रतिशत लाभांस दिने भएको छ ।

बैंकले चुक्ता पुँजीको १०.५ प्रतिशत बोनश र ८.५ प्रतिशत नगद दिने लागेको हो । सोही प्रयोजनका लागि बैंकले ३३औं वार्षिक साधारण सभा आगामी पुष २८ गते बोलाएको छ भने पुष १४ गते शेयर दाखिल खारेज दर्ता बन्द गर्ने जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जमा पुष १३ गतेसम्म कारोबार भई पुष २१ गतेभित्र बैंकको शेयर रजिष्ट्रारले प्राप्त गरेको नामसारीको लिखतका अधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने बैंकले जनाएको छ ।