आँखामा सही तरीकाले औषधि कसरी राख्ने ?

३ पुष २०७६, बिहीबार १७:५५

साबुन पानीले राम्ररी हात धुने।

टाउकोलाई पछाडि ढल्काउने अथवा पल्टीने।

एक हातको औलाले आँखाको तत्लो भागलाई हल्का तल तानेर औषधि थोपा हाल्नका लागि ठाउँ बनाउने।

अर्को हातले औषधिको बोतल लिने र बोतलको टुप्पोलाई आँखा नजिक लाने टुप्पोले आँखामा नछुवाउनु होस

बोतललाई बिस्तारै थिचेर औषधिको थोपालाई आँखाको तल्लो भाग तानेर बनाएको ठाउामा लगाउने।

आँखालाई दुईतीन मिनेटसम्म बन्द राखेर भुईतिर निहुरिने आँखालाई बिस्तारै बन्द गर्नुहोला

आँखाको भित्री कुनालाई बिस्तारै थिच्ने।

आँखा बाहिर परेको औषधिलाई सफा कपडाले पुछ्ने।

एक भन्दा बढी औषधि आँखामा लगाउनु परेमा पहिलो औषधि प्रयोग गरेको ५ मिनेटपछि मात्र दोस्रो औषधि प्रयोग गर्ने।

प्रयोग पछि बोतलाई राम्ररी बन्द गर्ने बोतलको टुप्पोलाई धुने वा छुने गर्नु हुँदैन

औषधि प्रयोग गरेपछि हात राम्ररी धुने। स्वास्थ्य खबरपत्रिकाबाट