अभिनेत्री ऋचा शर्माले दिपेक्ष विक्रम राणासँग वैवाहिक सम्बन्ध जोडिन्

२२ मंसिर २०७६, आईतवार १२:१६

काठमाडौं , अभिनेत्री ऋचा शर्मा वैवाहिक सम्बन्धमा गाँसिएकी छन् । दुई वर्षयता दिपेक्ष विक्रम राणासँग प्रेममा रहेकी उनले शनिबार विवाह गरिन् ।

उनले श्रीमानसँगको तस्बिर सार्वजनिक गरेकी छन् । ट्वीटर र फेसबुकमा उनले तस्बिर राख्दै लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्।

सामाजिक सञ्जालमा पनि उनलाई सयौंले बधाइ र शुभकामना दिएका छन् । ऋचाले यसअघि आफ्ना प्रेमी सार्वजनिक गरेकी थिइनन् । दिपेक्ष ललितपुरस्थित लबिम मलका म्यानेजर हुन् ।