अधिकारको दुरूपयोग गरेको आरोपमा ९ जना इन्जिनियर पक्राउ

२९ मंसिर २०७६, आईतवार ११:५७

एजेन्सी , अल्बानियामा भूकम्पले घर भत्किएको भन्दै ९ जना इन्जिनियरलाई पक्राउ गरिएको छ । अनुमति विना होटल बनाएको भन्दै इन्जिनियर र बिल्डरलाई पक्राउ गरिएको जनाइएको छ । अल्बानियामा नोभेम्बर २६ मा ६।४ रेक्टरस्केलको भुकम्प गएको थियो ।

उक्त भुकम्पबाट ५१ जनाको ज्यान गएको थियो । उक्त भुकम्पमा होटलका मालिकको होटल पनि भत्किएको थियो । दुई होटल मालिकले होटल अनुमति विना बनाएको भन्दै दुबैलाई पक्राउ गरिएको जनाइएको छ । ९ जना इन्जिनियर र बिल्डरलाई आफ्नो अधिकारको दुरूपयोग गरेको भन्दै पक्राउ गरिएको जनाइएको छ ।