रोनाल्डो भन्छन् खेलबाट सन्यास लिएपछि फिल्म क्षेत्रमा होमिन्छु

१४ पुष २०७६, सोमबार १२:३२

एजेन्सी, बिश्व चर्चित खेलाडी तथा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले फिल्म खेल्ने इच्छा ब्यक्त गरेका छन् । उनले आफुले सन्यास लिएपछी फिल्म बनाउने चाहाना रहेबो बताएका हुन् । उनले एक अन्तवार्तामा आफुलाई फिल्म क्षेत्र मन पर्ने र खेलबाट सन्यास लिएपछी फिल्ममा जम्ने बताएका हुन् ।

अघिल्लो वर्ष स्पेनिस क्लब रियल मड्रिडबाट सिरी ‘ए’ खेल्न इटाली आएका उनले एक अन्तवार्तामा भने ‘मैले खेलबाट सन्यास लिएपछि फिल्म क्षेत्रमा होमिन्छु । फिल्म बनाउँछु, अभिनय गर्छु । सन्यासपछि मेरो हात फिल्म क्षेत्रमा अगाडि बढ्नेछ ।
रोनाल्डोले एक पत्रकार सम्मेलनमा बोल्दै अब आफुलाई ४० वर्षको उमेरसम्म मात्र मैदानमा देख्न पाइने बताउका हुन् । उनले आफुले खेलबाट सन्यास लिएपछी पढाइलाई निरन्तरता दिने पनि बताए । (क्यानाडानेपालबाट)