डा गोविन्द केसीको अनसन स्थगित

२६ कार्तिक २०७६, मंगलवार १८:११

काठमाडौँ, डा गोविन्द केसीले आमरण अनसन स्थगित गर्नु भएको छ । देशमा सीमा विवादको मुद्दा चर्किएको भन्दै डा केसीले मंगलबार नवौँ दिनमा अनसन स्थगित गर्नु भएको हो ।

‘राष्ट्रियताको संवेदनशील विषयमा देशभर आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई ख्याल गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं,’ डा केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

डा केसीले दुरदराजमा बस्ने नागरिकले सर्वसुलभ ढंगले स्वास्थ्य सेवा पाउनुपर्ने लगायतका माग राख्दै कार्तिक १७ गतेबाट अनसन थाल्नु भएको थियो ।