एजेन्सी , हामिलाई थाहा नभएका कुराहरु धेरै छन् । कुनै कुराहरु साँचो हुन्छन् तर पत्याउन निकै मुस्किल हुन्छ । त्यस्तै तपाईको रगतमा पनि सुन घोलिएको हुन्छ, यो कुरा पत्यार नलाग्न सक्छ तर यो सत्य हो । सुन महिलाको सुन्दरता हो पनि भनिन्छ । त्यस्तै सुनलाई राजाको शान बढाउँने बस्तु पनि भनिन्छ । सुनको लक्ष्मीको बास हुन्छ पनि भनिन्छ । पवित्र धातुको रुपमा मानिने सुनलाई निकै महत्वपुर्ण धातु मानिन्छ । अध्ययन अनुसार हाम्रो शरिरमा करिब शून्य दशमलव दुई मिलिग्राम सुन मिसिएको हुन्छ ।
त्यस्तै गाईको पिसाबमा पनि सुन मिसिएको पाइएको छ । अहिले बिश्वभरी नै सुन खानी उद्योगमा ५ लाख मानिस काम गरिरहेका छन् तर वर्षभरीमा कुल २ हजार ५ सय टन सुन निकालिन्छ । भनिएको छ सुनको सबैभन्दा ठूलो भण्डार समुन्द्रमा छ । जहाँ १० टन अरब टन सुन छ । समुन्द्रमा रहेको उक्त सुन भने निकाल्न निकै मुस्किल छ ।