२ लाख ५० हजार घुससहित इन्जिनियर पक्राउ

१४ मंसिर २०७६, शनिबार १६:२५

काठमाडौँ , शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी, कैलालीका इन्जिनियर त्रिलोक जोशी २ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।

भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थप लगायतका काम गरि दिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियार प्रवक्ता प्रदीप कोइरालाका अनुसार जोशी घुस लिइसकेको अवस्थामा कार्यकक्षबाट शुक्रबार पक्राउ परेका हुन ।