१८ लाखसहित हुण्डी कारोबारी पक्राउ

२२ कार्तिक २०७६, शुक्रबार १५:०५

शुक्रबार विहान प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका ३ जनालाई पक्राउ गरी १८ लाख अवैध नेपाली रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुले अवैध रुपमा हुण्डी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट शुक्रबार विहान साढे १० बजे तीन वटा भारतीय मोटरसाइकलमा नेपाल आउँदै गरेका भारतीय नागरिक सुधीरकुमार, सहिद आलम र बिक्कीकुमार पक्राउ परेका प्रहरीले जानकारी दिएका छन् ।