स्यालको टोकाइबाट चार जना गम्भिर घाइते

६ मंसिर २०७६, शुक्रबार १५:१५

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा बिहीबार बेलुका स्यालले टोक्दा रास्कोट नगरपालिका–४, स्युनाका मेघराज उपाध्याय, काशबिरा उपाध्याय, वडा नं। ५ का दाने सार्की र सुरेन्द्र थापा घाइते भएका हुन् ।
स्थानीय शिवराज उपाध्यायका अनुसार स्यालको टोकाइबाट गम्भीर घाइते भएकी काशबिरा उपाध्यायको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा रिफर गरिएको हो। स्यालको टोकाइबाट घाइते भएकाहरूलाई रेबिजको संक्रमण हुन सक्ने रास्कोट स्वास्थ्य चौकीका प्रमुख हंसराज न्यौपानेले बताए ।