साइड लाइट नदिएपछि ब्रेक लगाउँदा रात्री बस पल्टियो

१२ मंसिर २०७६, बिहीबार ११:१३

बाँके , काठमाडौंबाट नेपालगन्जतर्फ आउँदै गरेको रात्री बस बाँकेको जानकी गाउँपलिका–६ गनापुरमा दुर्घटना भएको छ । दुर्घटनामा १० जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । यद्यपी घटनाको थप विवरण आइसकेको छैन ।

घाइतेहरु उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार बसभन्दा अगाडी गुडिरहेको मोटरसाइकलले बाटो काट्ने क्रममा साइड लाइट नदिएपछि एक्कासी ब्रेक लगाउँदा दुर्घटना भएको हो ।