सरकारी गाडी छोडेर ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिए मन्त्री विष्ट

५ मंसिर २०७६, बिहीबार १७:००

काठमाडौँ । मन्त्रीपरिषद पुनर्गठन भएपछि निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिएका छन् ।

रामेश्वर राय यादवले आफ्नो स्थानमा पदभार ग्रहण गरेपछि विष्ट बिहीबार ट्याक्सी चढेर निवासतर्फ लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका छन् । आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको विष्टले बताएका छन् ।