सरकारले प्रदेश प्रमुख पदलाई कार्यकर्ता भर्ती केन्द्र बनायोः कमल थापा

१९ कार्तिक २०७६, मंगलवार ११:१०

काठमाडौं, राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कडा आलोचना गर्नु भएको छ । प्रदेश प्रमुखहरु पदमुक्त गरेपछि उहाँले सरकारको आलोचना गर्नु भएको हो ।

अहिलेको सरकारले पनि आफ्ना कार्यकर्तालाई प्रदेश प्रमुख पदमा नियुक्त गरेकोमा थापाले कडा आपत्ति जनाउनु भएको छ । उहाँले आफ्नो ट्विटरमा यस्तो लेखनु भएको छ “कांग्रेस कै पदचिन्ह अनुसरण गर्दै नेकपाको सरकारले पनि प्रदेश प्रमुख पदलाई कार्यकर्ता भर्ती केन्द्र बनायो।”