सबैभन्दा महंगी नायिकाको रुपमा चिनिइन कंगना

२६ कार्तिक २०७६, मंगलवार १०:१२

एजेन्सी , नायिका कंगना रनौत बलिउडमा निकै चर्चामा आइरहने चर्चित नायिका हुन । धेरैजसो आफ्ना फिल्मबाट चर्चामा आइरहने कंगना पछिल्लो समयमा महंगी नायिकाको रुपमा चिनिएकी छिन् । भारतिय मिडियाका अनुसार हालै नायिका कंगना रनौतले एउटा फिल्मबाट २५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छिन्।

यो पारिश्रमिक सर्वाधिक महँगो पारिश्रमिक हो । उनले महँगो पारिश्रमिक लिएको भनिएको फिल्म ‘पंगा’ अब रिलिज हुने तयारीमा छ। २४ जनवरीमा रिलिज हुँने यो फिल्ममा कंगना राष्ट्रिय कबड्डी खेलाडीका रुपमा देखिनेछिन्।