सडक अतिक्रमण गरी बनाइएका टहरा धमाधम हटाउदै

६ मंसिर २०७६, शुक्रबार १३:४७

जलेश्वर , महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सडक अतिक्रमण गरी बनाइएका टहरा धमाधम हटाउन सुरु भएको छ । नगर क्षेत्रभित्र नगरपालिकाले सडक अतिक्रमण गरी सयौँको संख्यामा बनाएका टहराहरु धमाधम हटाउन थालेको हो ।

सडक खाली गर्न पटकपटक समय दिँदा पनि पसलेहरुले अटेरी गरेपछि नगरपालिकाले शुक्रबारदेखि टहरा तोडफोड गर्दै अतिक्रमित सडकका जग्गाहरु खाली गराउन थालेको छ ।