शुक्रबार बिहान इन्डोनेसियामा शक्तिशाली भू–कम्प

२९ कार्तिक २०७६, शुक्रबार ११:४२

एजेन्सी , शुक्रबार बिहान इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहान स्थानीय समयअनुसार गएको ७।१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको छ ।

स्थानीय टेलिभिजन च्यानलका अनुसार भूकम्पको धक्काका कारण उत्तरी सुलावेसी र उत्तरी मालुकु प्रान्तमा त्रास पैदा भएको छ । सरकारले पनि विशेष गरी उत्तरी सुलावेसी प्रान्त र उत्तरी मालुकी प्रान्तका बासिन्दालाई नै सतर्क रहन भनेको छ ।