विद्यार्थीद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन

२२ कार्तिक २०७६, शुक्रबार १३:५१

काठमाडौं , भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटेको विरोधमा विद्यार्थीहरुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्। लैनचौर पुगेर अनेरास्वियू निकट युवा विद्यार्थीले प्रदर्शन गरेका हुन्।