लोकदोहोरी गायक विष्णु खत्रीको नयाँ गीत ‘झरनाको पानी

२४ कार्तिक २०७६, आईतवार १०:११

काठमाडौं , लोकदोहोरी गायक विष्णु खत्रीको नयाँ गीत ‘झरनाको पानी’ बजारमा आएको छ । खत्रीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतमा गायिका मिना लामाले आवाजमा साथ दिएकी छन् । खत्रीकै शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका छन् ।

अरुण अशोक कुमारले खिचेको गीतको भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका छन् । भिडियोमा अभिनेता आयुष रिजाल र अभिनेत्री अनु शाहको अभिनय छ । बदलिँदो प्रतिकुल मौसम र देशको भौगोलिक परिवेशलाई गीतमा उतारेको गायक खत्रीले बताए ।