रौतहटमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१३ मंसिर २०७६, शुक्रबार १२:४४

रौतहट , टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ मा शुक्रबार बिहान ना२ख २३२२ नम्बरको टिपरले बा५५प ९९८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार टिपरको ठक्करबाट घटनास्थलमै मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।