रवीन्द्र अधिकारीकी पत्नी विद्याले गराइन् उम्मेदवारी दर्ता

२१ कार्तिक २०७६, बिहीबार १३:५५

काठमाडौं , प्रतिनिधि सभातर्फ उपनिर्वाचन हुन लागेको एक मात्र क्षेत्र कास्की– २ मा प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट विद्या भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।

पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विद्याले उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।

तत्कालीन मन्त्रीसमेत रहेका कास्की– २ का सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । विद्या स्व। रवीन्द्र अधिकारीकी पत्नी हुन् ।

त्यही क्षेत्रबाट कांग्रेसका खेमराज पौडेलले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।