मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु एक जना घाइते

८ मंसिर २०७६, आईतवार १०:५०

राँझा , शनिबार बाँकेको कोहलपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृुत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमका अनुसारकोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे८प ९६७८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका अर्जुन खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृुत्यु भएको हो । मृुतक २६ वर्षीय खत्री कोहलपुरका स्थानीयबासिन्दा हुन्

दुर्घटनामा मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका–११ बस्ने १८ वर्षीय निराजन घाइते भएका छन। घाइते खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।