महिलाको यौनांग चिलाउनुको यस्तो छ कारण समाधानसहित

२५ कार्तिक २०७६, सोमबार १२:४४

पछिल्लो समय धेरै जसो महिलामा यौनांग चिलाउने समस्या बढी रहेको छ  । कहिलेकाहीं यसरी यौनांग चिलाउनुलाई सामान्य मानिए पनि लामो समयसम्म समस्या कायम रहे त्यो दीर्घ रोगको कारण हुन सक्छ । महिला यौनांग धेरै कारणले चिलाउन सक्छ । तीमध्ये प्रमुख कारण योनि राम्रोसँग सफा नहुनु हो । त्यसबाहेक जथाभावी यौनसम्पर्क राख्दा पनि यस्ता समस्या देखिन्छ ।
कारण
महिलाहरुमा अनावश्यक तनावका कारणले पनि यौनांग चिलाउँछ ।केही अप्राकृतिक वा प्राकृतिक तत्त्वको संक्रमणका कारणले पनि यौनांग चिलाउँछ । यस्तो अवस्थामा योनिको वरिपरि सेतो दहि जस्तो ढुसी जम्मा हुन्छ ।

जथाभावी यौनसम्पर्क राख्दा यौनांग रोगसँग लड्ने क्षमतामा ह्रास आउँछ । यस्तो अवस्थामा अरूलाई भन्दा पनि मधुमेहबाट पीडित महिलाहरूमा संक्रमण हुने सम्भावना हुन्छ ।

यदि महिलाको यौनांग छाला सुक्खा भएको अवस्थामा पनि यौनांग चिलाउँछ । त्यसैले यौनांग वरिपरिको छालालाई सुख्खा हुन दिनु हुँदैन ।

संक्रमण, चोटपटक, महिनावारी बन्द हुनुजस्ता कारणले पनि यस्तो समस्या देखा पर्न सक्छ ।

समाधान

सबैभन्दा पहिले समस्याको कारण पत्ता लगाउनुपर्छ ।

कुनै रसायनिक पदार्थ पफ्र्युमको प्रयोगका कारण यो समस्या सिर्जना भएको हो भने त्यस्तो पफ्र्युमको प्रयोग बन्द गर्नुपर्छ ।

कतिपयलाई बाथटब वा स्वीमिङपुलमा नुहाउँदा पनि यौनांग चिलाउने समस्या देखा पर्न सक्छ । त्यसैले सकेसम्म बाथटब वा स्वीमिङपुलमा नुहाउनु हुँदैन ।

सुर्तीको अन्तर्वस्त्र प्रयोग गर्नुपर्छ । राति सुत्दा सकेसम्म अन्तर्वस्त्र प्रयोग गर्नुहुँदैन । समस्या समाधान नभएसम्म शारीरिक सम्पर्कबाट टाढै रहनुपर्छ ।

महिनावरी हँदा ताजा फलफुलको सेवन गन यसको सेवनले भिटामिन ‘सी’ र ‘ए’ ले योनिमार्गलाई स्वस्थ्य राख्न मद्दत गर्छ । साथै प्राकृतिक रेशाहरूले आन्द्राको चाल पनि राम्रो गर्ने भएकाले फलफुल नियमित सेवन गर्नुपर्छ  ।
दैनिक ८ देखि १० ग्लास अर्थात् ४ लिटरभन्दा बढी पानी पिउनुहोस् । यस्तो अवस्थामा मद्यपानले यिष्टको वृद्धि गराउने भएकाले मदिरालगायत चिया, कफी पनि कम सेवन गनुहोस् ।
धेरै गुलियो खानेकुरा तथा दुधबाट बनेका परिकारले योनिमार्गका जीवाणुको वृद्धिमा मद्दत गर्छन,

यस्ता खानेकुरा कम खानुपर्छ ।

सधै आफ्नो यौनाङ्ग सफा राख्नुहोस, तर धेरै पखाल्ने काम नगर्नुहोस ।

सधैं अगाडिबाट योनिमार्ग्तिरबाट पछाडि मलद्वारतिर पखाल्नुहोस । यसले मलद्वारमा भएको जीवाणुलाई योनिमार्गमा तथा पिसाब नलीमा जानबाट रोक्छ ।

योनिमार्ग सफा गर्न महङ्गो अनि बास्नादार साबुन वा सेम्पु नै चाहिँदैन । सामान्य साबुन वा कम क्षार भएका भजाइनल वासले पनि राम्रो सफाई गर्न सकिन्छ ।

सुगन्धयुक्त प्याड तथा योनिमार्गको छेउछाउमा पाउडर प्रयोग गर्नु उपयुक्त होइन ।

पीडा कम गर्न हट रबर ब्यागको प्रयोग वा चिकित्सकको सल्लाह बमोजिम दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ ।

धेरै रगत गए वा धेरै दिन सम्म रगत गए चिकित्सकसँग परामर्श लिनुपर्छ ।