भक्तपुरमा छुट्टाछुट्टै दुर्घटनाः एकको ज्यान गयो ४ जना घाइते

२४ कार्तिक २०७६, आईतवार १५:०२

मध्यपुरठिमि , भक्तपुरमा छुट्टाछुट्टै दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोका नालीमा खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको ज्यान गएको हो । उपचारका क्रममा उनको भक्तपुर अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यस्तै नगरकोटबाट ताथलीतर्फ आउँदै गरेको बा१५च ३५६७ नंको बोलेरो जीपले सोही दिशाबाट आउँदै गरेको बा८३प ८७३४ नंको स्कुटरलाई चाँगुनारायण–८ जितपुरमा ठक्कर दिँदा तीन जना घाइते भएका छन् । दुर्घटनामा स्कुटर चालक काठमाडौँ–१६ बस्ने १८ वर्षीया सुनिता जिमी राई, बोलेरो जीपका चालक काभ्रे मण्डनदेउपुर नपा–२ का ३५ वर्षीय मङ्गलबहादुर तामाङ र १८ वर्षीय सुवास तामाङ तथा मण्डनदेउपुर नपा–५ का ५५ वर्षीय गोकुल ढकाल घाइते भएको बताइएको छ ।