बिरामी युवतीमाथि बलत्कारको प्रयासको अभियोगमा मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ

१० मंसिर २०७६, मंगलवार १०:३३

काठमाडौं , ललितपुरको भैसेपाटिस्थित मेडिसिटी अस्पतालमा कार्यरत एक जना चिकित्सले उपचारका लागि आएकी एक युवतीमाथि बलत्कारको प्रयास गरेको अभियोगमा चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । बिरामी युवतीमाथि बलात्कार प्रयासको आरोप लागेका डाक्टर रोहित कुमार झालाई मेडिसिटी अस्पतालले निलम्बन गरेको छ।

अस्पतालकी मिडिया कोअर्डिनेटर मनिता पोखरेलका अनुसारआइतबार अस्पतालले नै डाक्टर झालाई निलम्बन गरेको हो । ‘उहाँका विषयमा हिजो आइतबार अस्पतालमा एक संस्थामार्फत गुनासो आएको थियो,’ उनले भनिन, ‘त्यसपछि अस्पतालले उहाँलाई निलम्बन गरेको हो।’

पोखरेलका अनुसार डा झाले दुई महिना अघिबाट मात्र अस्पतालमा जागिर खान सुरु गरेको बताइन । प्रहरीले सोमबार नैडा झालाई युवतिमाथि बलात्कारको प्रयासको आरोपमा पक्राउ गरेको छ । उपचारका लागि आइतबार अस्पताल पुगेकी युवतीले आफूमाथि डाक्टर रोहित कुमार झाले बलात्कार प्रयास गरेको भन्दै सोमबार उजुरी दिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका राईले बताउनु भयो ।