बलिउड अभिनेत्री सुष्मिता सेनको आज जन्मदिन धुमधामले मनाउदै

३ मंसिर २०७६, मंगलवार १३:१७

एजेन्सी , बलिउड अभिनेत्री सुष्मिता सेनको आज जन्मदिन परेको छ । सन् १९७५ नोबेम्बर १९ मा हैदराबादमा जन्मिएकी अभिनेत्री सुष्मिता सेनले आज आफ्नो जन्मदिन धुमधामले मनाउदैछिन् । बलिउडमा धेरै नै हिट फिल्म खेलिसकेकी सुष्मिता सेन सन् १९९४ मा मिस युनिभर्सको उपाधि पनि जितेकी थिइन् ।
सुष्मिता सेन अहिले त्यति फिल्ममा देखिएकी छैनिन किनकि पछिल्लो समय फिल्ममा भन्दा व्यक्तिगत जीवनमा ध्यान दिदै गएकी छन । ४० कटी सकेकी अभिनेत्री सुष्मिता सेनको बेलाबेलामा लभ लाइफको पनि चर्चा हुने गर्छ ।