बलिउड अभिनेता अक्षय कुमारको पारिश्रमिक कति छ ?

२३ कार्तिक २०७६, शनिबार १७:४१

एजेन्सी, मुम्बई , बलिउड अभिनेता अक्षय कुमारले एक चलचित्रमा काम गरेबापत् सय करोड भारु लिन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले वासु भगनानीको चलचित्रका लागि सय करोड भारु पारिश्रमिक लिने चर्चा चलेको हो । चलचित्रमा अक्षय, वासु तथा निखिल आडवाणीबीच सहकार्य हुने जनाइएको छ । चलचित्रलाई ‘लखनउ सेन्ट्रल’ निर्देशन गरेका रंजीत तिवारीले निर्देशन गर्दैछन् ।

वास्तविक घटनाबाट आधारित रहेर निर्माण गरिने यो चलचित्र एक्सन–ड्रामा जनराको हुनेछ । लगातार सफल चलचित्र दिइरहेका अक्षयका निर्माण पक्षले सो पारिश्रमिक दिन तयार भएको जनाइएको छ । लन्डनमा सुटिङ गरिने यो चलचित्रमा अक्षयकुमार निर्मातासमेत रहने भएकाले यति ठूलो रकम पाउन लागेको बताइन्छ । तर यो समाचारको स्वतन्त्र पुष्टि हुन सकेको छैन । सौर्य अनलाइनबाट