बराबरीमा रोकियो च्याम्पियन्स लिगमा बार्सिलोना

२० कार्तिक २०७६, बुधबार ११:१७

एजेन्सी , युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति बार्सिलोना बराबरीमा रोकिएको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा बार्सिलोना चेक रिपब्लिक क्लब स्लाभिया प्रहासँग बराबरीमा रोकिएको हो । उक्त खेलमा दुबै तर्फबाट कुनै गोल हुन सकेन ।

आफ्नै घरेलु मैदानमा भएको उक्त खेलमा बार्सिलोना बराबरीमा रोकिन बाध्य भयो । उक्त खेलमा मेस्सीले ३ वटा मौका पाउदा पनि गोल गर्न सकेनन् । खेलको ५८औं मिनेटमा ग्रिजम्यानले गोल गरे । तर उक्त गोल भने अफसाइड पोजिसनमा रहेकोले रद्द गरियो । बराबरीसँगै बार्सिलोनाले ८ अंक बनाएको छ ।