प्रधानमन्त्री ओलीले दिनु भयो सबै सल्लाहकारहरुलाई राजीनामा दिन निर्देशन

२३ कार्तिक २०७६, शनिबार १७:३३

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सल्लाहकारलाई बालुवाटारमा बोलाएर राजीनामा दिन निर्देशन दिनु भएको छ । ग्रान्डी अस्पतालमा २४ घण्टामा दुईपटक डायलासिस गरेर बालुवाटार फर्किएपछि प्रधानमन्त्री ओलीले फरक ढंगले काम अघि बढाउन चाहेको स्रोतले जनाएको छ ।

निर्देशन सुनेका एक सल्लाहकारले प्रधानमन्त्रीको सजिलोका लागि सबैले राजीनामा दिने विषयमा कुरा भएको जानकारी दिए । प्रधानमन्त्री ओलीको सचिवालय र सल्लाहकारको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले यस्तो निर्देशन दिनु भएको हो ।