प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलाइसिस गरिँदै

१७ कार्तिक २०७६, आईतवार ११:०२


काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रोपटक मृगौलाको डायलाइसिस गरिँदै छ। ओलीको आज तेस्रो पटक ग्राण्डी अस्पतालमा डायलाइसिस गरिन लागिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले यसअघि ग्रान्डी अस्पतलामा दुई पटक मृगौलाको डायलाइसिस गराइसक्नु भएको छ । प्रधानमन्त्री ओलीले शनिबार बसेको नेकपा सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाका बारेमा सचिवालय सदस्यहरुलाई जानकारी गराउनु भएको थियो । उहाँले आफू सिकिस्त नभएको तर मृगौलाले काम गर्न भने छाडेको बताएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको थियो ।