पत्थरी फाल्न सक्छ गहतको दालले

२ मंसिर २०७६, सोमबार १०:४८

काठमाडौं, गहतलाई नचिन्ने को होला । यसलाई कुलथी पनि भनिन्छ । गहत खानाले पत्थरी फाल्छ भन्ने कुरा अधिकांश नेपालीलाई थाहा भएको कुरा हो । गहतको सेवनले किड्नी स्टोन फाल्दछ । पत्थरीको उपचार गर्दा हमेसा कडा औषधि प्रयोग गरेको पाइन्छ । घरेलु औषधिमा गहत पनि एक हो ।

पथरीको उपचार गहतले कसरी काम गर्छ भन्नेबारे जानकारी पाउनु आवश्यक छ । गहतमा भिटामिन ए पाइने भएकाले पत्थरी बन्नबाट रोक्ने काम यसले गर्दछ । सस्तो सुलभ आफ्नै घरमा भएको औषधि नदिएर हामीले महंगो औषधि सेवन गराउदछौं ।

गहतको दाल खाने तरिका यस्तो छ

१ गहतको दाल २५० ग्राम ल्याउनुहोस् । राति ३ लिटर जति पानीमा भिजाएर राख्नुहोस् र बिहानै हल्का आगोमा ४ घण्टा पकाउनुहोस् र शुद्ध घिउले झान्नुहोस् त्यसमा कालो मरिच,सिधेनुन,जीरा हलेदो हाल्नु होस् १० एमएम सम्मको पत्थरी झार्दछ ।

पत्थरी हुँदा के खाने ?

१ पत्थरी हुँदा गहत,खरबुजो, मूला, अमला, मूंङको दाल, चौलाई भाजी खाने । दैनिक ७,८ गिलास पानी दैनिक पिउनु पर्दछ ।