न्युजिल्याण्डमा गएको भूकम्पले हजारौँ व्यक्ति विस्थापित

८ मंसिर २०७६, आईतवार १५:३५

विलिङटन,आइतबार बिहान सिन्ह्वा न्युजिल्याण्डमा ५।९ म्याग्नीच्युडको भूकम्प आएको छ ।देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन् ।सो भूकम्प केन्द्रविन्दु समून्द्रको १ सय १५ किलोमिटर तल रहेको जनाइएको छ ।
स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजार भन्दा बढी विस्थापित भएका थिए र भूकम्पका कारण कति जनाको मृत्यु भयो र अन्य के कति क्षति भयो भन्ने विवरण प्राप्त हुन सकेको छैन। स्थानीय समयानुसार आइतबार विहान ५।३४ बजेतिर भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी गरेको बताइएको छ ।