नेपाली भूभाग कुनै पनि हालतमा छोडिन्नः महामन्त्री कोइराला

४ मंसिर २०७६, बुधबार १४:५३

विराटनगर , नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाएकोमा नेपाली काँग्रेसको पनि समर्थन रहेको बताउनु भयो ।