नेपालसँग भारतीय महिला भलिबल टोलीको प्रतिस्पर्धा

१२ मंसिर २०७६, बिहीबार १२:०८

काठमाडौं , भारतीय भलिबल टोली १३ औ दक्षिण एसियाली खेलकुद सागमा भाग लिन नेपाल आइपुगेको छ । प्रतियोगितामा सहभागी हुने या नहुने भन्ने अन्योलता चिर्दै भारतीय महिला तथा पुरूष भलिबल टोली बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
भारतीय महिला भलिबल टोलीले आजै नेपालसँग प्रतिस्पर्धा गर्दैछ ।भलिबलतर्फ आज ३ खेल हुँदैछन् । जसअन्तर्गत पुरूषमा दुई खेल र महिलामा एक खेल हुनेछ । बंगलादेशलाई हराउँदै बुधबार विजयी सुरुवात गरेको महिला भलिबल टोलीले आज साँझ ५ बजे भारत खेल्ने तय भएको छ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ ।