नेपालको तरकारी यूएई र कतारमा, माग अनुसार पठाउन सकिएन

१३ मंसिर २०७६, शुक्रबार ०९:५४

काठमाडौं , संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा नेपालबाट भ्रम मात्र होइन, तरकारी निर्यात पनि हुन थालेको छ ।

यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ ।

नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ ।

महँगी र अभावका कारण मागअनुसार पठाउन नसकिए पनि हप्तामा दुईपटक छ वा सात मेट्रिक टन तरकारी पठाउने गरेको अलसमन इन्टरनेसनल नेपालका निर्देशक कल्याण घिमिरेले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।