नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

१९ कार्तिक २०७६, मंगलवार १०:४३

काठमाडौं , सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री, उपराष्ट्रपतिलगाएतको उपस्थितिमा राष्ट्रिपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराउनु भएको हो ।
प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश दुईमा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठी रहेका छन् ।